सदीय छानविन समिति गठनको माग गर्दै एमालेले गर्‍यो सदन बहिष्कार

सदीय छानविन समिति गठनको माग गर्दै एमालेले गर्‍यो सदन बहिष्कार

  • Kanchan News

  • बिहिबार, असार २, २०७९

  • 86
    SHARES
सदीय छानविन समिति गठनको माग गर्दै एमालेले गर्‍यो सदन बहिष्कार

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिस्कार गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको थियो । तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए । अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिस्कार गरेको हो ।

‘प्रमुख प्रतिपक्षी दल उभिइसकेपछि यो सदन अगाडि बढ्न सक्दैन, अर्थमन्त्रीको जवाफ सुन्नुपर्ने कुनै कारण छैन । यथास्थितिमा हामी यो सदन बहिस्कार गर्छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने ।भट्टराईले बोलेलगत्तै एमाले सांसदहरु बैठकबाट बाहिरिएका छन् । एमालेले बहिष्कार गरेपनि सभामुखले बैठक जारी राखेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News