आज देशभरका सातवटै प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
यो प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको अन्तिम बजेट हो ।
सङ्घको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदै छन् । आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बागमती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन् ।