तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला,जहाजमा सवार सबैको मृत्यु

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला,जहाजमा सवार सबैको मृत्यु

  • Kanchan News

  • सोमवार, जेष्ठ १६, २०७९

  • 73
    SHARES
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला,जहाजमा सवार सबैको मृत्यु

आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को शनिश्चरे भन्ने स्थानमा विमान दुर्घटना भएको नेपाली सेनाले पुष्टि गरेको छ ।

स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन् ।

सुरक्षाकर्मीहरूको टोली घटनास्थलतर्फ गईरहेका छन् । आइतबार बिहान पोखराबाट जोमसोमतर्फ गएको विमान उडेका केही मिनेटपछि सम्पर्क विहिन भएको थियो ।

आइतबार दिनभर खोजी गर्दा पनि विमान फेला परेको थिएन । सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हिमालय उद्धारकर्ताहरूको टोली विमान खोजीमा परिचालन गरिएको थियो ।

विमानमा १३ नेपाली, चार भारतीय, २ जर्मन नागरिक यात्रु थिए भने तीन जना चालक दलसहित २२ जना रहेका थिए । विमानको क्याप्टेन प्रभाकर घिमिरे हुनुहुन्थ्यो भने को–पाइलट उत्सव पोखरेल र परिचारिका किस्मी थापा थिए । तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ। जहाजमा रहेका चालक दलका ३ सदस्य र  १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले जानकारी दिएको छ। अहिले नेपाली सेना, प्रहरी र  घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ।

यार्सागुम्बा संकलकले फेला पारेका थिए दुर्घटनामा परेको जहाज

बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो। थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेका हुन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News