तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशंका,सुरक्षा फौज जादैँ

तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशंका,सुरक्षा फौज जादैँ

  • Kanchan News

  • आइतवार, जेष्ठ १५, २०७९

  • 100
    SHARES
तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशंका,सुरक्षा फौज जादैँ

पोखरा
पोखराबाट जोमसोमका लागि उडान भरी सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशंकाका साथ सुरक्षाकर्मीको टोली उक्त स्थानमा जादैछ । स्थानियले दिएको सुचनाका आधारमा तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी सुरक्षा फौजको टोली मानापाथी हिमालतर्फ जादै गरेको हो ।
खराब मौसमका कारण बिमानको खोजी कार्यमा निकै कठिनाई भएको छ । जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट सम्भावित क्षेत्र पुग्ने प्रयास गरेता पनि खराब मौसमका कारण हेलिकोप्टर जान सकेको थिएन ।
विमान रहेको आशंका गरिएको मानापाथी हिमालको फेदीमा हेलिकोप्टर पुग्न नसकेपछि पोखरा बाट गएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । त्यहाँ बाट नेपाली सेना लगाएतको टोली उक्त स्थान तर्फ पैदल जादै गरेको बताईएको छ । कोबाङ बाट मानापाथी हिमालको फेदीमा पुग्न तिन घण्टा लाग्छ ।
विमानको खोजीमा ४ वटा पैदल टिमलाई मानापाथी हिमालको फेदी तर्फ पठाईएको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । मानापाथी हिमालको फेदीमा रहेको आशंका गरिएता पनि सुरक्षा फौज त्यहाँ नपुगे सम्म विमान भेटिएको पुष्टि भने आधिकारीक रुपमा हुनेछैन् । यसअघि विमान थासाङ गाउँपालिकास्थित लेतेमा हुनसक्ने आशंका गरिएको थियो । तर, लेतेमा विमान भेटिएन ।
आज बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटमा सम्र्पक बिहिन भएको थियो । सम्पर्कबिहीन जहाजमा चालकदलका ३ सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी २२ जना सवार थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News