
पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ।
आइतबार बिहान तारा एयरको जहाज जोमसोमका लागि उडेको थियो।
सम्पर्कबिहीन भएको जहाजबारे खोजबिन सुरु भएको छ। जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ।
थप समाचार आउन बाँकी छ।
तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा परिचालन गरिने भएको छ । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टर पठाउने तयारी भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार डानीले बताए ।अहिलेसम्म विमान दुर्घटना भएको कुनै सूचना प्राप्त भएको छैन । तर, मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।