पर्वतको फलेवास नगरपालिकामा पनि नेपाली काँग्रेसका गंगाधर तिवारी नगरप्रमुखमा विजयी बनेका छन् ।]
गठबन्धन दलबाट उठेका तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन् ।
निर्वाचित तिवारीले ७ हजार ७ सय मत ल्याउँदा संस्थापक नगरप्रमुख समेत रहेका शर्माले चाहिँ ६ हजार ३ सय ३८ मत ल्याएका छन् ।
२०७४ को स्थानीय चुनावमा पनि तिवारी र शर्माबिच प्रतिस्पर्धा रहेको थियो । त्यो बेला भने एमालेका शर्मा नगर प्रमुख बन्न सफल भएका थिए ।
त्यसतै उपप्रमुखमा पनि गठबन्धन दलबाट उठेकी माओवादी नेतृ शोभा क्षेत्री विजयी बनेकी छिन् । उनले आफ्नी प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु अधिकारीलाई हराएकी हुन् ।
अधिकारी फलेवास नगरपालिकाकी संस्थापक उपमेयर हुन् । निर्वाचित क्षेत्रीले ६ हजार ३ सय २७ मत ल्याइन् भने अधिकारीले ६ हजार ५७ मत ल्याएकी छन् ।