कांग्रेसले सात वटै प्रदेशमा चुनावी सभा गर्ने

कांग्रेसले सात वटै प्रदेशमा चुनावी सभा गर्ने

  • Kanchan News

  • आइतवार, बैशाख १८, २०७९

  • 161
    SHARES
कांग्रेसले सात वटै प्रदेशमा चुनावी सभा गर्ने

सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ। कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको हो।

कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले यही वैशाख २१ गते प्रदेश नं १ को मोरङ, वैशाख २२ गते मधेस प्रदेशको धनुषा, वैशाख २३ गते बागमती प्रदेशको काठमाडौं, वैशाख २४ गते गण्डकी प्रदेशको कास्की, वैशाख २५ गते लुम्बिनी प्रदेशको रुपन्देही, वैशाख २६ गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख २७ गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो।

सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने मुख्यसचिव पौडेलले बताए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News