स्थानिय तहको निर्वाचनको लागि कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँटका बिषयमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
जनता समाजवादी पार्टी जसपाले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आजको बैठक निष्कर्षमा बिहिन भएको हो । यस अघि पनि पटक पटक बसेको बैठक निष्कर्षबिहिन भएको थियो ।
बैठक आज दिउँसो एक बजे फेरि बस्ने जनाईएको छ ।
सम्मानजनक प्रस्ताव नआए एकल रुपमा चुनाव लड्ने जसपाले चेतावनी दिएको छ ।