गण्डकी प्रदेशका महिला उपप्रमुख भन्छन् नेतृत्व लिन तयार छौँ

गण्डकी प्रदेशका महिला उपप्रमुख भन्छन् नेतृत्व लिन तयार छौँ

  • Kanchan News

  • आइतवार, बैशाख ४, २०७९

  • 94
    SHARES
गण्डकी प्रदेशका महिला उपप्रमुख भन्छन् नेतृत्व लिन तयार छौँ

स्थानिय तहको निर्वाचन नजिकिदै जान थालेपछि गण्डकी प्रदेशमा पालिका प्रमुखमा महिला उम्मेदवारहरुको आकंक्षा पनि बढ्ेको छ । बिशेष गरि हाल पालिका उपप्रमुखमा रहेका महिलाहरुले आफु हरु सँग पाँच बर्षको राम्रो अनुभव भएको भन्दै आगामी निर्वाचनमा प्रमुख पदमा चुनाव लड्ने आकंक्षा देखाएका हुन । पाँच बर्ष उप्रमुख भएर काम गर्दा धेरै अनुभव आर्जन गरेको र महिलाहरु अब उपप्रमुखमा मात्र सिमित नरही आगामी निर्वाचन पछि पालिकाको प्रमुख जिम्मेवारी सम्हाल्न तयार रहेको अन्नपूर्ण गा.पा. उपाध्यक्ष सगुन गुरुङ बताउछिन् ।
संविधानमा फरक दलको बाहेक एकै दलको उम्मेदवार हुदाँ स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ । २०७४ को स्थानीय तह निर्वाचनमा दलहरूले गण्डकी प्रदेशमा अधिकांश पालिकाको प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका थिए । पाँच वर्षको कार्यकालले पालिका चलाउन सक्ने अनुभव लिएको र महिलाहरु प्रमुख भएर पालिका हाँक्न तयार रहेको आधिँखोला गाउँपालिकाका उपाध्यक्ष शर्मिला देवी पौडेलको भनाई छ ।
आफुहरु सँग पालिका उप्रमुख मात्र नभई विभिन्न संघ–संस्थामा रहेर काम गरेको अनुभव रहेको र प्रमुख जिम्मेवारीमा रहेर काम गर्न अब कुनै दुविधा नरहेको महिला उपप्रमुखहरु बताउछन् । स्थानीय जनप्रतिनिधिका रूपमा पहिलो वर्ष आफूहरू लाई अनुभव लिदै ठिक्क भएता पनि दोस्रो बर्षपछि भने स्प्रिटमा काम गरेको गण्डकी प्रदेशका उपप्रमुखहरुको भनाई छ । यही अनुभवका आधारमा आउँदो स्थानीय चुनावमा पालिका प्रमुख हुने महिला उप्रमुखको चाहना छ । आफूहरू पाँच वर्षसम्म पालिकाको कार्यसम्पादनमा जनता सँग प्रत्यक्ष जोडिएर सेवा गरेकाले पनि आउँदो कार्यकाल आफूहरूले सहज रूपमा चलाउन सक्ने महिला जनप्रतिनिधि बताउँछन् । विभिन्न राजनितिक दलहरु यति बेला आफ्ना तर्फ बाट प्रमुख र उप्रमुख पदको लागि उम्मेदवार छनौटमा व्यस्त छन् । हेरौँ महिलाहरुलाई प्रमुख पद भने कति दलले दिन सक्छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News