पोखरा महानगरको मेयर समाजवादीलाई दिने तयारी,कांग्रेसले विद्रोह गर्ने

पोखरा महानगरको मेयर समाजवादीलाई दिने तयारी,कांग्रेसले विद्रोह गर्ने

  • Kanchan News

  • मङ्लबार, चैत्र २९, २०७८

  • 97
    SHARES
पोखरा महानगरको मेयर समाजवादीलाई दिने तयारी,कांग्रेसले विद्रोह गर्ने

स्थानीय तहको चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिकामा दाबी गरेको छ । देशभरिका ६ महानगरमध्ये गठबन्धनमा आबद्ध चार दल स्थानीय तह निर्वाचनमा कसरी अगाडि बढ्ने र कुन महानगर कसले लिने भन्ने विषयमा मंगलबार बैठक बासिरहेको छ । उक्त बैठकमा मंगलबारको बैठकले महानगरमध्ये कति कुन पार्टीले लिने भन्ने विषयमा आजै निर्णय गर्नेछ ।

स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्ने नीतिअनुरुप चारै दलले महानगरपालिकामा आआफ्नो अडान राख्दै आएका छन् ।
जसमध्ये भूगोलका हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका समाजवादीले दाबी गरिरहेको छ । गठबन्धनमा सहमति भए पोखराचाहिँ समाजवादीले नै पाउनसक्ने सम्भावना छ ।

तर, कास्की कांग्रेस पोखरमा महानगरपालिका आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । गठबन्धनमा पोखर महानगरपालिका एसले पाउने सहमति भएको अनौपचारिक जानकारीका आधारमा कास्की कांग्रेसको नेतृत्वमा केन्द्रीय नेता, मन्त्री कांग्रेस नेतृत्वलाई दबाब दिन मंगलबार काठमाडौं आउँदै छन् ।

कास्की कांग्रेस सभापति किशोरदत्त बरालले पोखरा महानगरपालिका समाजवादीले पाए कार्यकर्तामा आएको विग्रहका कारण परिणाम उल्टो आउने भएकाले नेतृत्वलाई सजग गराउन र धर्ना दिन काठमाडौं जाने कार्यक्रम रहेको सुनाए ।

“त्यही भएर हामी डेलिगेसनका लागि काठमाडौं आउँदैछौँ, आधिकारिक त केही छैन, हामीले पनि अनौपचारिक हल्ला सुनेका हौँ,” उनले भने, “यसरी नेतृत्वले निर्णय गर्न हुँदैन । यसरी जाँदा जित्ने सम्भावना कम रहन्छ भन्ने हाम्रो बुझाइ हो ।” उनका अनुसार कास्की कांग्रेस नेतृत्व मंगलबार नै काठमाडौं आइपुग्नेछ ।
केन्द्रीय समितिले स्थानीयस्तरमा निर्णय लाद्न खोज्दा विद्रोह र नतिजा उल्टो आउने उनको बुझाइ छ ।
दुई लाख सात हजार मतदाता रहेको पोखरामा पाँच हजार मत संख्या रहेको समाजवादीलाई स्विकार्न कांग्रेसलाई कठिन हुने अर्का बताउँछन् ।
“समस्या नै त्यही हो, ६५ हजारमा पाँच हजार थप्ने कि, पाँच हजारमा ६५ हजार थप्ने रु केन्द्रले निर्णय त गर्ला, तर कार्यकर्ताले मान्नुपर्‍यो नि १ त्यही गल्ती नहोस् भनेर सचेत गराउन डेलिगेसन हिँडेका हौँ,” उनले भने ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News