विश्वका १० प्रमुख प्रदूषित सहरभित्रको सूचीमा काठमाडौं

विश्वका १० प्रमुख प्रदूषित सहरभित्रको सूचीमा काठमाडौं

  • Kanchan News

  • बुधबार, चैत्र ९, २०७८

  • 158
    SHARES
विश्वका १० प्रमुख प्रदूषित सहरभित्रको सूचीमा काठमाडौं

 काठमाडौँ शहर विश्वकै प्रमुख १० प्रदूषित सहरभित्रको सूचीकाे छैटौं नम्बरमा परेको छ ।

वायुको गुणस्तरका विषयमा अनुगमन गर्ने स्विस कम्पनी  आईक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ ।

हालै सार्वजनिक भएकाे तथ्यांक अनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिएको भने भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबै भन्दा प्रदूषित राजधानी सहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो ।

त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबै भन्दा प्रदूषित सावित भएको छ । आक्युएयरले संग्रह गरेको तथ्यांक अनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषण सम्बन्धी मापदण्ड पूरा नगरेको देखाएको छ ।

सर्वेक्षण गरिएका सहरहरु मध्ये केवल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेको तथ्यांकमा उल्लेख छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News