व्यास नगरपालिकाको मेयरमा उठ्ने गोविन्दराज जोशीका छोरा दीपकराजको तयारी

व्यास नगरपालिकाको मेयरमा उठ्ने गोविन्दराज जोशीका छोरा दीपकराजको तयारी

  • Kanchan News

  • आइतवार, चैत्र ६, २०७८

  • 112
    SHARES
व्यास नगरपालिकाको मेयरमा उठ्ने गोविन्दराज जोशीका छोरा दीपकराजको तयारी

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्व नेता तथा मन्त्री गोविन्दराज जोशीका पुत्र दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताए । ‘व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले आधिकारिक उम्मेदवार बनाए पार्टीबाटै उठ्छु,’ जोशीले भने, ‘कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’

१९९७ मा अमेरिका अध्ययनका लागि गएका उनी १७ वर्ष त्यहाँ बसेर फर्किएका हुन् । टेलिकम्युनिकेशन इन्जिनियर जोशीले काठमाडौंमा एक निजी कलेजमा आवद्ध छन् । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको उनले सुनाए ।

कांग्रेसलाई थोत्रो पसलको संज्ञा दिंदै उनले त्यसलाई सुधार्न चाहेको बताए । ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो,’ जोशीले भने, ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हट्दिनँ ।’

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । पौडेलका कारण कांग्रेसप्रति वितृष्णा जागेका कार्यकर्तालाई आफूतिर तान्न सकिने उनको आकलन छ ।

आफ्नो उम्मेदवारीमा बुबाको खासै चासो नभएपनि शुभेच्छा भने रहेको उनले सुनाए । आसन्न निर्वाचनमा विजयी हुनेमा आशावादी देखिएका जोशीले पराजित भए पनि तनहुँमै सेवा गर्ने बताए ।

व्यास नगरपालिकामा गत निर्वाचनमा नेता रामचन्द्र पौडेल निकट बैकुण्ठ न्यौपाने विजयी भएका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News