दक्षिणी नाका बाट भन्सार छलेर जुत्ता आउदाँ नेपाली उद्योग धराशायी बने

दक्षिणी नाका बाट भन्सार छलेर जुत्ता आउदाँ नेपाली उद्योग धराशायी बने

  • Kanchan News

  • शनिबार, फाल्गुन २८, २०७८

  • 347
    SHARES
दक्षिणी नाका बाट भन्सार छलेर जुत्ता आउदाँ नेपाली उद्योग धराशायी बने

पछिल्लो समय नेपालमा दक्षिणी नाका बाट मिलेमतोमा भन्सार छलेर जुत्ता आउदाँ जुत्ता उद्योगनै बन्द गर्नुपर्नेमा अवस्थामा पुगेको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले बताउनुभएको छ । यसै सम्बन्धमा नेपालमा समग्र जुत्ता उद्योगको अवस्था बारे कञ्चन न्युज सँग उहाँले गरेको कुराकानी

उद्योगको वर्तमान अवस्था कस्तो छ ?
आजको अवस्थामा संघठित तथा असंगठित गरेर २०७४ सालको सर्वेक्षण अनुसार हामी करिब १५ सय उद्योगीहरु छौँ । जस मध्ये १५ सय उद्योग भनिरहदा साना परम्परागत सिपको आधारमा चलेका उद्योगहरु लाई समेत गरेर त्यो सख्यामा हाम्रो उद्योग सञ्चालन भएको छ । परम्परागत रुपमा चलेका त्यस्ता साना उद्योगहरु असंगठित छन् भने संगठित उद्योग पनि हामी सँग छन् । करिब २१९ मझौला उद्योग छन् । ठुलो उद्योग १० देखि १२ ओटा छन् । आजको अवस्थामा ५० हजार जनशक्तिलाई प्रत्यक्ष रोजगार दिएका छौँ । रोजगारीको हिसावले भन्दा नेपालमा कृषि पछि दोस्रो उद्योगको रुपमा हाम्रो जुक्ता उद्योग हो भन्ने लाग्छ ।

मासिक उत्पादन कति छ ?
हाम्रो उद्योगको उत्पादनलाई हेर्दा मासिक भन्दा पनि बर्ष भरिको उत्पादन र माग दुई ओटालाई तुलना गरेर हेर्नुपर्ने हुन्छ । हामी आज जुत्ता उद्योगमा राज्य र बैंक बित्तिय संस्था बाट हेर्दा ३० अर्ब भन्दा बढि लागनी छ । उत्पादन क्षमताको हिसाबले हेर्ने हो भने करिब १६ करोड जुत्ता बनाउन सक्ने पूर्वाधार लिएर बसेका छौँ । तर देशको डिमाण्ड १० करोड जोर जति आएर बसेको छ । ६ करोड जति मात्र जोर जुत्ता उत्पादन गरेर हामी निर्यात अझै भन्दा अन्य मुलुकमा बिक्री वितरण गर्ने अवस्थामा छौँ । यति भनिरहदाँ अहिले सम्म उत्पादन कति भएको छ भन्ने प्रश्न आउन सक्छ यहाँको अवस्था कस्तो छ भने समग्रमा ३५ देखि ४० प्रतिशत क्षमतामा मात्र उद्योगीले जुत्ता उद्योग चलाईरहेको अवस्था छ । हामीले ६० प्रतिशत आन्तरिक मागलाई भने धानिरहेका छौँ ।

हजुरले अगाडी भन्नुभयो अर्बौँ लगानी छ, १६ करोड जुत्ता बनाउन सक्ने हामी सँग क्षमता छ, तर प्रतिशतमा हेर्दा त उत्पादन निकै कम भएको देखियो नि ?
यो बिषयलाई लिदाँ लगानी,उत्पादन क्षमता र हाल भईरहेको उत्पादनलाई तुलना गरेउँ भने हामी कुन अवस्था वा समस्यामा छौँ भन्ने प्रष्ट बुझ्न सकिन्छ । आजको दिनमा १० करोड जोर डिमाण्ड हुदाँ पनि ३५ प्रतिशत क्षमतामा मात्र उद्योग चलाउन बाध्य छौँ यस्को अर्थ राज्यको प्रणालीमा साहै्र समस्या छ । मुल्याङकन बढाएर नितिगत रुपमा एल सि. को सिष्टम गरेर दरिलो निति बनाएर राज्यले संघाएता पनि कार्यान्वयन पक्षमा फितलोपना देखिएको छ । तपाईलाई भन्नुपर्दा दक्षिणी नाका अर्थात खुल्ला सिमाना बाट बिना भन्सार चोरी पैठारी भएर आउने जुत्ताले आज हामीलाई निकै समस्या पारेको छ । राज्यकै निकायको मिलेमतो बाट लिगल रुपमा निकै कम मुल्यमा जुत्ताहरु भित्र्याईएको अवस्था पनि छ । हामी सँग प्रति जुत्ता ८५ रुपैयाँ मात्र भन्सार तिरेर नेपाल भित्र्याईएको प्रमाण पनि छ म तपाईलाई एक उदाहरण बाटै प्रष्ट पार्छु एक जुत्ता १५ सयमा बजारमा बिक्री भएको छ । त्यो जुत्ता आउछ स्रोत बाट एक हजारमा आउछ, तिन सय रुपैयाँ राजस्व तिर्नुपर्छ १३ सयको १३ प्रतिशत अर्थात १६९ रुपैयाँ कर तिर्नुपर्छ तर यहाँ के भईराखेको छ भने उक्त मुल्यको जुत्ताको भन्सार जम्मा १५ रुपैया मात्र तिरेर नेपाल ल्याइएको छ । यस्ले राज्यलाई एक ओटा जुत्तामा मात्र २८५ रुपैयाँ नोक्सान हुन आउछ हेर्नुस राज्यको निकाय सँगको मिलेमतोमा राजस्व चुहावट कसरी भईरहेको छ । यस तर्फ सरकारको ध्यान जान नसक्दा हामीलाई ठुलो असर गरेको छ अप्ठ्यरोमा पारेको छ । त्यस्ले गर्दा हामी सँग उत्पादन क्षमता बढी भएता पनि ३५ प्रतिशत मात्र उद्योग सञ्चालनमा खुम्चिनु परेको छ ।

हजुरले भन्नुभो सिमानाका बाट मिलेमतोमा ठुलो परिणाममा राज्स्व छलेर अझै भन्दा चोरी पैठारी गरेर जुत्ता आउछ । यो बिषयमा तपाईहरुले सरकारको संस्थागत रुपमा ध्यानाकर्षण गराउनुभएको छैन ?
हामीले संस्थागत रुपमा ध्यानाकर्षण गराउने सम्बन्धमा म भर्खर मात्र निर्वाचित भएर आए पछि हिजो मात्र पनि चौथो पटक राजस्व अनुसन्धान कार्यालयका र भन्सार कार्यालयका डिजी,आन्तरिक राजस्व कार्यालयमा तथा सम्बन्धित मन्त्री लाई भेट्ेर स प्रमाण सहित आफ्ना कुरा राख्दा उहाँहरुले हप्ता दश दिनमा तत्काल कदम चाल्छौ भन्नुहुनछ तर वास्तविक कार्यान्वयन भने भएको छैन् । यो बिषयलाई तपाईहरु जस्तो मिडियाकर्मी तथा अन्य निकायले निरन्तर कुरो उठाईरहनुपर्छ ।
सरकारले आत्मनिर्भर हुने स्वदेशमै उत्पादन बृद्धि गर्ने भनेर आन्तिरक उद्योगलाई प्रमोशन गर्ने निति लिएको छ तर तपाईहरुलाई राज्यले असहयोग गरेको महशुस हुन्छ कि हुदैन
राज्यले नितिगत रुपमा त किताबको पानामा धेरै व्यवस्था गरेको छ । नेपाली उत्पादन कम्तीमा १५ प्रतिशत प्रयोग गर्नुपर्ने, स्वदेशी उत्पादनालाई बढवा दिने, आत्मनिर्भर बन्ने जस्ता धेरै बिषय वस्तु त लेखिएको छ । तर नितिगत कुराहरु जे लेखिएता पनि कार्यान्वयन भने भएको देखिदैन । यो मात्र कुरा होईन हेनुर्स सरकारले यति धेरै राजस्व छलि हुदाँ पनि कुनै कदम चालेको देखिदैन । हामीलाई त सरकारले बजार अनुगमन लाई मात्र तिब्र गति दिने हो भने काफी हुने थियो जस्तो लाग्छ । हामीलाई मात्र होईन राज्यलाई पनि उठ्ने कर बढि उठेथ्यो होला त्यस्को फाईदा सरकारलाई नै हो । अरु उदाहरण त म अगाडिनै भनिसके । मेलै यसो भनिरहदाँ राज्य बाट पुर्ण असहोग भन्न खोजेको होईन नितीगत कुरामा राज्यको केही सहयोग त मिलेको छ तर व्यावहारिक रुपमा भने त्यस्तो सहयोग मिलेन । हाम्रो कन्टेनमा भन्दा डर लाग्दो परिस्थिती के बन्यो भने दक्षिण नाका बाट व्यापारी, कर्मचारीहरुको मिलेमतोमा जुत्ताहरु निर्वाध रुपमा आएका छन् । यस्लाई रोक्न नसक्ने हो भने हामी मात्र होईन सम्पुर्ण साना तथा ठुलो उद्योगीहरु उद्योग बन्द गरेर फेरी त्यहीँ दक्षिणी नाकाको च्यानललाई प्रयोग गरेर चोरेर ल्याएका सामान बेच्ने परिस्थितमा हामी पुग्छौँ ।

आयातीत जुत्ताले यती धेरै असर गरेको भन्नुभो अबौँ लगानी, हजारौँ जनशक्ति लाई व्यवस्थापन कसरी गर्नुभएको छ ?
राज्यका लागि आर्थीक चलायमान गराउनको लागि पनि अहिँले जनशक्तिलाई हेर्दा जुत्ता चप्पल क्षेत्र संसारकै उदाहरणीय क्षेत्र हो । यसको ठुलो महत्व छ र हामीमा यति धेरै जनशक्ति हुदाँ पनि राज्य स्तर बाट कुनै सहयोग छैन । कहिँले काहीँ तालिम गोष्ठी मात्र गरेर पुग्दैन, हामीले अन्य देशलाई पनि हेर्न सक्छौँ चाइना,भियत्नामलाई हर्दा विद्यालय स्तरमै यो कोर्ष किताबमा ऐच्क्षिक बिषयको रुपमा पढ्न पाईन्छ । सरकारले त्यता तर्फ व्यवहारिक तालिमहरु ल्याओस् उनीहरुको हक हितका मुद्दालाई मजबुत बनाओस् भन्ने लाग्छ । हामीले मात्रै अहिँले ५० हजार भन्दा बढीलाई त प्रत्यक्ष रोजगार दिएका छौँ । मैले उद्योग खोलेको दुई बर्ष भयो धेरै भएको पनि छैन हजारौँले यस उद्योग बाट प्रत्यक्ष रोजगार पाउनुभएको छ । यहाँ धेरै शिक्षित मान्छे पनि चाहिदैन तपाई मेरो उद्योगमा हुनुहुनछ हेर्न सक्नुहुन्छ । यहाँ काम गर्ने महिला पनि हुनुन्छ । उहाँहरुले मासिक २० हजार तलब खाने हुनुभएको छ । अवसर धेरै छ तर सरकारले व्यवहारिक तालिम दए पुग्छ धेरै पनि चाहिदैन ६ महिनामा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । सरकारले सिप मुलक कामको लागि तालिम दिएर आउनुभएका जोकोही लाई पनि हामि हाम्रो उद्योगमा रोजगार दिन सक्छौँ । सरकारले तालिम दिने अझै भन्दा दक्ष जनशक्ति उत्पादन गर्ने र उद्योगीले सम्बन्धित ठाउँमा रोजगार दिने व्यवस्था मात्र गर्ने हो भने पनि नेपालमा धेरैलाई रोजगार दिन सकिन्छ । सरकारले मात्र थोरै व्यवस्थापन वा सहयोग गरिदिए म ग्यारेण्टीका साथ भन्छु कि हामी बार्षीक ५० हजारलाई मात्र रोजगार दिन सक्छौँ । कता कता सामान्य सहयोग पनि राज्यका कुनै निकाय बाट प्राप्त नहुदाँ जनशक्ति व्यवस्थापनमा समस्या भने भएको छ ।

तपाईको भनाई अनुसार त निजि क्षेत्रलाई लगानी गर्ने वातावरण सरकारले बनाउन सकेको रैन्छ है ?
निजि क्षेत्रले लागनी गर्न खोजेको हुन्छ वातावरण त सरकारले नै बनाईदिने हो तर म के भन्न खोजेको भने हामीलाई राज्यले अलिकति पनि संरक्षण गर्न सकेन भन्ने हो । हामी लगानी गरेर अगाडी बढ्यौँ हामीले हाम्रो क्षमता पनि बढायौँ र सम्पूर्ण रुपमा उद्योग स्थापना गरि उत्पादन दिन थाल्यौँ । तर बजारमा आयातित जुत्ता छ । सरकारले भन्छ आत्मनिर्भर बन् तर नेपाललाई धान्न सक्ने जुत्ता हामी स्वदेशमै उत्पादन गर्छौ भन्दा सरकारले आयातित जुत्तालाई रोक्न सकनुपर्यौनी । यो भनीरहदाँ मैले हाम्रा मात्र जुत्ता प्रयोग गर भन्न पनि खोजेको होईन तर भन्सार लाग्ने रकम त फुल तिरेर नेपालमा जुत्ता भित्रीनु पर्यौनी । अब पनि यसरी भन्सार छलेर निर्वाध जुत्ता अईरहने हो भने अब त हामी यस्तो अवस्थामा आयौँ कि हामीलाई सरकारले चोरी पैठारी तथा न्युन विजिकरण यी दुई मात्र नरोक्ने हो भने हामी भयावह परिस्थितीको सामना गर्ने दुरी धेरै टाढा छैन ।

राज्यले तपाईहरुको संरक्षणको लागि के गनुपर्छ भन्ने हजुरको माग छ ?
राज्यले चोरी पैठारी र न्युन विजीकरणको बिषयमा राज्यका जत्ति पनि संयन्त्र छन् राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय र सिमानाकामा बसेका प्रहरीको सक्रियता बढाएर दैनिक अनुगमन तथा चेकजाँच गरेर जहाँ गलत भईरहेको छ त्यहाँ कार्बाहीको दायरामा ल्याउनु पर्यो । यहाँ फेरी राज्यकै निकायका कर्मचारीहरुको लेनदेन पनि हुन्छ । गलत गर्ने लाइ छोड्ने गलत नगरेको लाई कार्बाही गर्ने जस्तो नियत राख्न भएन । निष्पक्ष अनुगमन होस भन्ने हाम्रो माग छ । यसको दिगो समाधानको लागि मेन जनशक्ति हाम्रो उद्योगमा छ उनीहरुले काम छोडेर फेरी बिदेशीनुपर्ने परिस्थिती नआओस सरकारले बेलैमा ध्यन दिओस् भन्ने लाग्छ । हामी सँग विदेशी कामदार पनि छन् उनीहरुले मासिक ५० हजार लिएर जान्छन् तर यहाँ नेपाली कामदारको तलब किन थोरी विदेशीको धेरै भन्ने कुरा आउला हामीले ८ घण्टा काम गर्ने नेपालीलाई २० देखि ३० हजार मासिक दिएर राखेका छौँ । विदेशीले १२ घण्टा काम गर्छ नेपालीले ८ घण्टा गर्छ त्यसैले नेपालीको तलब कम छ । नेपालीहरुले १२ घण्टा काम गर्न मन्दैन्न । अनि नेपालीहरुलाई आवश्यक तालिम नदिदा पनि उनीहरुको सिप हुदैन् र तलब कम पाउछन् । सरकारले सिप सिकाउन ढिला नगरोस् भन्ने छ ।
आयातीत जुत्तालाई पुर्णरुपमा राकोर तपाईको उद्योगले नेपालको मागलाई धान्न सक्छ
म अगाडी पनि भने उद्योगको अवस्था के छ भन्दा खेरी आज हामी १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता भएर पनि हामी ५ करोड जोर जुत्तामा खुमचिएर बस्नुपरेको छ । आन्तरिक मागलाई मात्र धान्न नसक्ने होईन की सरकारले थोरै व्यवस्थापन मात्र गरिदिने हो भने हामी जुत्ता निर्यात वा अन्य मुलुकलाई बेच्न सक्छौँ । हामी गुणस्तरीय जुत्तामा पनि प्रतिबद्धछौ ।

यसको लागि सरकारलाई विश्वास दिलाउन सक्नुभएन कि ?
होईन यो बिषयमा सरकारलाई विश्वास दिलाउन त हाम्रो उद्योगको क्षमता मापन गरौँअनि हामीले उत्पादन गरेर बजारमा पठाएका जुत्ता र हामीले काटेका बिलहरु हेरौँ हामी कुन मुल्यमा जुत्ता बिक्री गरेका छौँ भ्याट कति काटेका छौँ र अर्को मुलुक बाट आएका जुत्ता कुन मुल्यमा बिक्री भएको छ भन्सार तथा कर कति तिरेको छ त्यो त सरकारको निकायले हेर्नुपर्यो नी । मेन समस्या भनेको न्युन विजीकरण र चोरी पैठारीहो यो रोक्नुपर्छ भन्ने हो । हामी सरकारलाई के विश्वास दिलाउनुपर्ने हो हामी तयार छौँ ।

तपाईहरुले उद्योग सञ्चालन गर्दा के कस्ता समस्या र चुनौतीहरु देखिएका छन नी ?
आजको समयमा जुत्ता उद्योगलाई हेर्दा कच्चा पदार्थको सहजता छैन । राज्यले जनशक्तिको व्यवस्थापन गर्न नसक्दा समस्या भाछ अनि ठुलो धनरासी र जनशक्ती बाहीरएको छ । बित्तिय अवस्था दयनीय छ । अहिँलेको अवस्थामा उद्योगमा लगानी गर्ने वातावरण पनि छैन् । जग्गा सरकार सँग लिजमा माग्दा सहज रुपमा पाईदैन, ऋण माग्यो पाईदैन यस्को अर्थ राज्य सबै दिनुपर्छ भन्न खोजेको होईनकी राज्यले हामीलाई राख्ने शर्त झन्झटिलो छ । सहज बनाइदिनुपर्छ भन्ने हो यी यस्ता समस्या छन् । सरकारले व्यापार घाटाको नेपालको अवस्था के छ हेरेर नेपाली उद्योगहरुलाई माया गर्नुपर्छ भन्ने लाग्छ ।

अन्त्यमा के भन्नु चाहानुहुन्छ ?
अन्त्यमा हामी सबैले नेपाली उत्पादनलाई माया गरौँ । नेपाली उत्पादन लगाउनमा गर्व गरौँ र नेपाली उत्पादन कहाँ कस्तो छ भनेर जान्ने र बुझ्ने कोसिस गरौँ ।
धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News