काठमाडौँ । निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने निर्वाचन अन्तर्गत हाल मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीमा हुने त्रुटिहरू दोहोरो स्थानमा भएको नामावली, झुटा नामावली, मृत्यु भएका, नागरिकता त्याग गरेका लगायतका नामावली सच्याउने कार्य भइरहेको जानकारी गराएको हो ।
अयोगले नामावली सच्याउन, दाबी विरोध समेतका प्रयोजनका लागि सम्बन्धित पालिकाको वडा कार्यालय तथा निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा हेर्न सकिने जनाएको छ ।
आगामी निर्वाचनका लागि आवश्यक तयारीका कार्य भइरहेको समेत जानकारी गराएको छ ।