कास्कीमा १५० मतदान स्थल,पुरुषभन्दा महिला मतदाता बढी

कास्कीमा १५० मतदान स्थल,पुरुषभन्दा महिला मतदाता बढी

  • Kanchan News

  • मङ्लबार, फाल्गुन १७, २०७८

  • 127
    SHARES
कास्कीमा १५० मतदान स्थल,पुरुषभन्दा महिला मतदाता बढी

पोखरा
आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कास्कीमा १ सय ५० ओटा मतदान स्थल हुने भएका छन् । स्थानीय तहको निर्वाचन घोषणा भएसँगै निर्वाचन कार्यालयले मतदान स्थलको टुंगो लगाएको हो । कास्की जिल्लाभर १ सय ५० मतदान स्थल तोकिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ ।
२०७४ सालमा भएको चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र ३ वटा, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ६ वटा भएकोमा त्यसैलाई कायम गरिएको छ भने जिल्लामा ५ स्थानीय तह र ७२ वडा छन् ।
कास्कीमा २ लाख ८१ हजार ९ सय ४० मतदाता छन् । जसमध्ये पुरुषभन्दा महिला मतदाता बढी देखिएको छ । ५३ प्रतिशत महिला र ४७ प्रतिशत मतदातामात्र पुरुष रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लामा ४ तेस्रो लिंगी मतदाता रहेको बताईएको छ । कास्कीमा १ लाख ४८ हजार ६७ जना महिला मतदाता र १ लाख ३३ हजार ८ सय ६९ पुरुष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News