व्याख्यात्मक घोषणामाथि लिङ्देनको व्यंग्यः यसरी सुनाए पण्डित र खसिको कथा

व्याख्यात्मक घोषणामाथि लिङ्देनको व्यंग्यः यसरी सुनाए पण्डित र खसिको कथा

  • Kanchan News

  • आइतवार, फाल्गुन १५, २०७८

  • 148
    SHARES
व्याख्यात्मक घोषणामाथि लिङ्देनको व्यंग्यः यसरी सुनाए पण्डित र खसिको कथा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् ।

एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले विदेशी सम्बन्धलाई सत्ताको भर्‍याङ बनाउँदा युक्रेनको हालत के भयो भनेर स्मरण गराए ।

‘वैदेशिक सम्बन्धलाई सत्ता चढ्ने सिँढीका रुपमा प्रयोग नगरियोस् । सत्तामा बसिराख्ने उपायका रुपमा प्रयोग नगरियोस् । वैदेशिक सम्बन्ध केटाकेटी ढंगले प्रयोग गरियो भने के हुन्छ भने कुरा भर्खरै युक्रेनको घटनाले देखिएको छ । त्यसकारण वैदेशिक सम्बन्धमा गम्भीर हुन अपिल गर्छु,’ उनले भने ।

उनले एमसीसी केवल आर्थिक सहायताको विषयमात्र नभएको भनेर जनता विभाजित भएको र यसमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए । ‘यसलाई राष्ट्रिय सहमति कायम गरी सबैको सल्लाह सहमतिमा अगाडि बढाउनुपर्छ । राष्ट्रिय सहमति जुटाउन अहिले स्थगन गरेर नयाँ ढंगबाट जानुपर्छ,’ उनले भने ।

अध्यक्ष लिङ्देनले संसदले गर्ने सबै निर्णयहरु ठिक नभएको इतिहास स्मरण गराए । ‘महाकाली सन्धी उदाहरण छ । के के लाभ हुन्छ भनेर प्रचार गरियो । तर कस्तो लाभ भयो भनेर हेरिरहेका छौं । त्यकासरण सबै निर्णय सही हुँदैन,’ उनले भने, ‘यस्तो कोलाहल वातावरणमा गरिने निर्णय उचित हुँदैन । दफा दफा, एक एक दफा बुझिने गरी छलफल बुझाउनुपर्छ ।’

यसबाट पैसामात्रै होइन अरु चिज पनि आउँछ भनेर शंका रहेको भन्दै लिङ्देनले कानुन प्रक्रिया पुर्‍याएरमात्र टुंग्याउन नहुने धारणा राखे । ‘सामान्य मान्छेले पनि भनिरहेको छ, सहायताहरु पहिले संसदबाट किन अनुमोदन किन गराउनुपरेन, अहिले किन गर्नुपर्‍यो ? पाँच वर्षको परियोजनालाई किन अन्तर्राष्ट्रिय सन्धीको मान्यता दिनुपर्‍यो ?’ उनले प्रश्न गरे ।

लिङ्देनले व्याख्यात्मक घोषणामाथि पनि व्यंग्य गरे । ‘एउटा साकाहारी पण्डितलाई मासु खान मन लागेपछि के गर्ने भन्ने भयो । वास्तवमा खसीले घास खाएर बन्ने हो । त्यसैले खसीलाई साकाहारी मानेर मासु खान मिल्छ भनेर उपाय निकालियो । त्यसैगरी यहाँ व्याख्यात्मक घोषणासहित पारित गर्ने कुरा आयो । यो अमेरिकाले मान्छ कि मान्दैन ? एमसीएले मान्छ कि मान्दैन ? जनतालाई भ्रमित नपारौं । सरकार र दलक आलाकाँचो व्यवहारले सिंगै देशले परिणाम भोग्नुपर्छ,’ उनले भने ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News