पोखराको फेवा किनार बाट सराङकोटसम्म ‘अन्नपूर्ण केबुलकार’ सञ्चालनमा आएको छ । इन्भेस्टमेन्ट प्रा.लि.ले सञ्चालन गरेको अन्नपूर्ण केबुलकारका विशेषता भने धेरै छन् । फेवाताल,पोखरा शहर,गाउँ घरहरु र हिमालको दृश्य अनि प्राकृतिक छटाहरुले केबुलकार चढेपछ् िपर्यटकहरुको मन आकर्षण पार्छ ।
केबुलकार चढेपछि २ हजार १ सय ६५ मिटरको दूरी १० मिनेटमै पुरा गरिन्छ । सहासिक पर्यटन मध्यको प्याराग्लाईडिङ समेत सञ्चालन हुदै आएको सराङकोट बाट सूर्यादय र सूर्यास्तको दृश्यावलोकनका लागि मानिसहरु त्यहाँ पुग्ने गर्दछन् ।स्वदेशी, विदेशी पर्यटकलाई लक्षित गरि अन्नपूर्ण केबुलकार सञ्चालनमा ल्याएको केबुलकारका निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो । केबुलकारमा दुई अर्ब लगानी भएको निर्देशक त्रिपाठीले जानकारी दिनुभयो ।
नेपाली यात्रुले सराङसम्म आउजाउ गर्दा ७ सय रुपैयाँ तिनुपर्छ भने सार्क देशका लागि ८ सय र तेस्रो मुलुकका पर्यटकका लागि ९ डलर भाडा निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका र विद्यार्थीका लागि आधादेखि चौथाइसम्म छुटको व्यवस्था छ । केबुलकारमा यात्रु ओसारपसार गर्न १७ वटा र सामान ओसार्न एउटा डिब्बा छ । एउटा डिब्बामा ८ यात्रु बस्न मिल्छ ।