नेपाल बन्दको प्रभाव छिटफुट,लामोदूरीका यातायात र शैक्षिक संस्था बन्द,उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

नेपाल बन्दको प्रभाव छिटफुट,लामोदूरीका यातायात र शैक्षिक संस्था बन्द,उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

  • Kanchan News

  • बुधबार, फाल्गुन ४, २०७८

  • 89
    SHARES
नेपाल बन्दको प्रभाव छिटफुट,लामोदूरीका यातायात र शैक्षिक संस्था बन्द,उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

एमसीसी सम्झौता विरुद्ध विभिन्न दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ ।

उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ । काठमाडौंबाट बाहिर जाने लामो दूरीमा गाडीहरु निकै कम मात्रामा सञ्चालन भएका छन् ।

प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसिसी टेबल हुने खबर सार्वजनिक भएपछि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

उपत्यकामा बिहानैदेखि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राजधानीका सडकका चोक चोकमा दङ्गा प्रहरीहरु तैनाथ गरिएको छ ।

शैक्षिक संस्थाहरुमा भने बन्द आह्वानको सवै भन्दा ठूलो समस्या परेको छ । अधिकांश विद्यालय तथा कलेजहरुले बुधबार छुट्टी दिएका छन् ।

सरकारले मंगलबारनै तीन वटै सुरक्षा निकायहरुसंग एमसीसी टेबल भएपछि उत्पन्न हुनसक्ने अराजकताको विषयमा छलफल गरेको थियो भने गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिईसकेको छ ।

 

एमसीसीको विरोधमा बन्द गराउँन निस्केका २३ जना बन्दकर्तालाई उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान पक्राउ पर्नेमा २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको हाे । पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत रहेको प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News