राप्रपा अध्यक्ष लिङ्देनद्वारा उपाध्यक्ष र महामन्त्रीसहित २४ पदाधिकारी मनोनीत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा उपाध्यक्ष र महामन्त्रीसहित २४ पदाधिकारी मनोनीत

  • Kanchan News

  • आइतवार, माघ १६, २०७८

  • 101
    SHARES
राप्रपा अध्यक्ष लिङ्देनद्वारा उपाध्यक्ष र महामन्त्रीसहित २४ पदाधिकारी मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्। उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन्।

त्यस्तै उनले प्रवक्तामा भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई जिम्मेवारी दिएका छन् भने सहायक प्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई जिम्मेवारी दिएका छन्।

अध्यक्ष लिङ्देनले सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई मनोनीत गरेका छन् भने सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनीत गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News