गुल्मीमा पहिरोमा परि एकैघरका तीनजनाले ज्यान गुमाए– शोकमा तमघास बजार बन्द

गुल्मीमा पहिरोमा परि एकैघरका तीनजनाले ज्यान गुमाए– शोकमा तमघास बजार बन्द

  • Kanchan News

  • बुधबार, अशोज ६, २०७८

  • 272
    SHARES
गुल्मीमा पहिरोमा परि एकैघरका तीनजनाले ज्यान गुमाए– शोकमा तमघास बजार बन्द

गुल्मी, तमघास

गुल्मीमा मंगलबार रातिको अबिरल बर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीनजना दिदी बहिनीको मृत्यु भएपछि तमघास बजार शोकमा डुबेको छ । उक्त घटना भएको शोकमा आज तमघास बजार बन्द गरियो । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ८ खानीगाउँको थुम्का लाइनका व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा दिउँसो १ बजेबाट तमघास बजार बन्द गरिएको उद्योग बाणिज्य महासंघ गुल्मीले बताएको छ ।


टेलरिङ्ग व्यवसाय गर्दै आएका तिलक परियारले प्राकृतिक विपत्ति पहिरोमा परेर २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार साथै १४ वर्षकै जमुना परियार गरि ३ छोरी गुमाएका छन् ।
एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बीचको कोठामा पसेर एकै परिवारमा ३ जनाको मृत्यु भएको छ भने अन्य तीनजनालाई सकुसल उद्धार गरिएको छ । यस घटना पछि जिल्लाका जनप्रतिनिधी तथा स्थानीय प्रतिनिधि लगायतले दुख व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News