महासचिव भण्डारीमाथि लगाइएको झुट्ठा आरोपप्रति विश्व हिन्दु महासंघले आपत्ती जनायो

महासचिव भण्डारीमाथि लगाइएको झुट्ठा आरोपप्रति विश्व हिन्दु महासंघले आपत्ती जनायो

महासंघ भन्छः– “बिश्व हिन्दु महासंघमाथिकाे मात्रै नभएर सम्पूर्ण हिन्दु धर्मावलम्बी माथिकाे प्रहार हो”

  • Kanchan News

  • बुधबार, असार १६, २०७८

  • 601
    SHARES
महासचिव भण्डारीमाथि लगाइएको झुट्ठा आरोपप्रति विश्व हिन्दु महासंघले आपत्ती जनायो

काठमाडौँ । विश्व हिन्दू महासंघका महासचिवप्रति लक्षित समाचारप्रति महासंघको आपत्ती

विश्वका विभिन्न भागमा छरिएर रहेका हिन्दु धर्म संस्कृतिका अनुयायीहरु लाई एक सुत्रमा बाँधी सङ्गठित तुल्याउने एवं सनातन हिन्दु संस्कृतिद्वारा प्रतिपादित् वसुधैव कुटुम्बकमको भाबना राख्दै संसारभरि भातृव कायम गरी विश्व शान्तिको र विश्व कल्याणको पवित्र उद्देश्यलाई पूर्ति गर्नका निम्ति प्रयत्नशिल रहँदै विश्व हिन्दु महासङ्घ सकृय रहेको सर्वविधित नै छ ।

हिन्दु महासंघको गरिमा र महत्त्वलाई आँच पुर्याउने उद्देश्यले विधर्मीहरूको इशारामा केही समय यता शृङ्खलाबद्ध रुपमा महासंघमा आक्रमण हुँदै आएको तितो यथार्थलाई हामीले आत्मसात गर्दै आएका छौं । यसै सन्दर्भमा विश्वहिन्दु महासङ्घका महासचिव अस्मीता भण्डारीले महासंघकाे गोकर्णमा रहेको जग्गा बिक्रीगरी अनियमितता गरेको भनी सत्य- तथ्य नबुझी निराधार , भ्रामक र झुट्टा एकतर्फी समाचार सम्प्रेषण गरी हिन्दु धर्मावलम्बीहरु माझ नकारात्मक प्रचार गर्ने उद्देश्यले सम्प्रेषण गर्ने “अनलाइन पाना” नामकाे अनलाइनमा मिति २०७८ /०३/१४ गते प्रकाशित समाचार प्रति बिश्व हिन्दु महासङ्घ खेद प्रकट गर्दछ ।

यस्तो पित पत्रकारीता गर्ने र महासंघका महासचिवमाथि अमर्यादित तवरबाट जथाभावी नकारात्मक सन्देश दिन खाेजी उहाँको चरित्रहत्या गर्ने सञ्चार माध्यमलाई कानूनी कार्यवाहीका निम्ति नेपाल प्रेस काउन्सिल समक्ष माग गर्दछौं । विश्व हिन्दु महासंघकाे कार्यकारीणी समितिको मिति २०७३/१०/१३ गतेकाे निर्णय पछि विश्व हिन्दु महासंघका तत्कालीन निर्वाचीत अध्यक्ष जनरल भरतकेशर सिंहज्युको अध्यक्षतामा बिधान बमोजिम गठित बाेर्ड अफ ट्रष्टीकाे मिति २०७ ५/ ०१/ ०५ निर्णय अनुसार महासंघको आफ्नो सम्पत्ति सो जग्गा बिक्री गरिएकोमा महासचिवको कुनै पनि प्रत्यक्ष संलग्नता नरहेको ब्यहाेरा यसै प्रेस विज्ञप्ति मार्फत् सम्बन्धित सबैमा जानकारी गराउँदछाैं । अत: अध्यक्षीय प्रणालीअनुरुप चल्ने महासंघकाे बारेमा यथार्थ बुझ्दै नबुझी महसचिवकाे कार्यक्षेत्रमा नै नरहेकाे विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा उजुरी गरेकाे भनी बद्नाम गर्न खाेज्नु सम्पूर्ण हिन्दुहरुलाई बद्नाम गर्ने बदनियत हाे ।

 

No description available.

रुद्रमति युवा समूह भन्ने समुहले हिन्दुकाे सर्वाेच्च संस्था बिश्व हिन्दु महासंघकाे प्रतिष्ठामा गरेकाे हिलाे छ्याप्ने प्रयत्न कुनै पनि हिन्दुलाई सहैय हुन सक्दैन । याे प्रहार बिश्व हिन्दुमाथिकाे मात्रै नभएर सम्पूर्ण हिन्दु धर्मावलम्बी माथिकाे प्रहार भएकाले यस्तोमा षड्यन्त्रका बिरुद्ध सबैओमकार परिवार साथै महासंघका सम्पूर्ण सदस्य संस्थाहरु कटिबद्ध रहनु पर्ने महासंघका सचिव अमर केशर सिंहले विज्ञप्तीमा जनाउनु भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News