बजेट

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

मजदुरदेखि मालिक सम्म बच्चा देखि बृद्ध सबैकाे लागि लाेकप्रिय काेभिड केन्द्रित बजेट

  • Kanchan News

  • शनिबार, जेष्ठ १५, २०७८

  • 127
    SHARES
आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। चुनाव घोषणा गरेको सरकारले लोकप्रिय  बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढाएर ल्याइएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ अपुग देखिएको छ ।  कुल विनियोजित १६ खर्ब ४७ अर्ब ५७ करोडमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब २६ करोड रहेको छ।  यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिएको छ ।  त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले जानकारी दिए ।  यसमध्ये ३ खर्ब २५ अर्ब ७४ करोड अर्थात ८२.२ प्रतिशत प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ प्रदान गरिने छ । भने ६० अर्ब ९७ करोड  अर्थात १५.८ प्रतिशत समानीकरण अनुदानतर्फ खर्च हुनेछ ।

लाेकप्रिय बजेटका मुख्य विशेषता

🅿️निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।
🅿️वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।
🅿️खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।
🅿️अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।
🅿️ युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।
🅿️ विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।
🅿️ सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।
🅿️ महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।
🅿️ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।
🅿️ गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।
🅿️ दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।
🅿️ ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।
🅿️ उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।
🅿️ दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।
🅿️ कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।
🅿️ वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।
🅿️ सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।
🅿️ पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।
🅿️ आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।
🅿️ काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।
🅿️ २०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।
🅿️ पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।
🅿️ शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।
🅿️ साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।
🅿️ राष्ट्रसेवक कर्मचारीको तलब २००० (दुई हजार) ले बढाईएको छ ।
साथै पत्रकारहरुका लागि सरकारी अस्पतालमा निशुल्क स्वास्थ्य उपचार तथा सात लाख सम्मकाे निशुल्क दुर्घटना विमाकाे पनि सुनिश्चितता गरेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News