माओबादी नेता बालकृष्ण ढुंगेल जेल चलान

माओबादी नेता बालकृष्ण ढुंगेल जेल चलान

  • Kanchan News

  • शनिबार, कार्तिक १५, २०७७

  • 251
    SHARES
माओबादी नेता बालकृष्ण ढुंगेल जेल चलान

१४ कात्तिक, काठमाडौं । हत्या अभियोगमा फरार रहेका माओबादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए । उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको हो ।

ढुंगेललाई सदरखोर डिल्लीबजार जेल चलान गरिएको छ । उनि त्यहाँ १२ वर्ष ५ महिना २२ दिन बस्नुपर्ने हुन्छ ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको ठहर गरेका नेता ढुंगेललाई यसअघि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि प्रहरीलाई उच्च दबाबका कारण पक्राउ गर्न सकेको थिएन ।

ओखलढुंगाका उज्जन श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो । माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई पक्राउ नगर्न यसअघि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै दबाब दिएका थिए । ढुंगेललाई भन्दा पहिले आफूलाई पक्राउ गर्न माओबादी नेता प्रचण्डले सार्वजनिक चेतावनी समेत दिएका थिए ।

२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News