एमालेको बन्दसत्र १२ बजेपछि, बिहान केन्द्रीय कमिटी बैठक

एमालेको बन्दसत्र १२ बजेपछि, बिहान केन्द्रीय कमिटी बैठक

  • Kanchan News

  • आइतवार, मंसिर २९, २०८२

  • 21
    SHARES
एमालेको बन्दसत्र १२ बजेपछि, बिहान केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो ।

बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बन्दसत्र सुरु हुनुअघि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ । गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ ।

यसअघि बन्दसत्र बिहानै सुरु गर्ने तयारी गरिएको थियो । तर, त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले पछि सरेको हो ।नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ ।  यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News