भारी वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन आग्रह

  • Kanchan News

  • बिहिबार, अशोज १६, २०८२

  • 58
    SHARES
भारी वर्षाको सम्भावना उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले अबका दिनमा नेपालमा पनि घनघोर वर्षा गराउने सम्भावना औंल्याएको छ।

बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ बाट २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।

हालको विश्लेषण अनुसार उक्त अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ।

यसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत, चुरे हुँदै बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना पनि देखाएको छ।उक्त अवधिमा बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन; कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ र आसपासका जिल्ला हुँदै बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको बताएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News