
नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।
स्वास्थ्यमन्त्रीमा संगीता कौशल मिश्रको नाम सिफारिस भएको भएपनि आज शपथ रोकिएको छ।