दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने

दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने

  • Kanchan News

  • मङ्लबार, भदौ ३१, २०८२

  • 20
    SHARES
दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुल्ने

यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो ।

आन्दोलनपछि  लगाएकाे कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

‘विद्यालय स्कुल बन्द भइसकेकाले धेरै मानिसहरु घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको छ ।’ उनले नेपालप्रेससँग भने ।

यसपालि चाडपर्वमा यातायात सहज हुने उनले बताए । अहिलेसम्म सडकको अवस्था सहज रहेको उनको भनाइ छ। सरकारले दशै‌ंमा  घर जाने सर्वसाधरणकाे लागि अग्रिम टिकट खुलाउँदै आएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News