जेनजीहरू आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, भोली विदा

जेनजीहरू आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, भोली विदा

  • Kanchan News

  • मङ्लबार, भदौ ३१, २०८२

  • 19
    SHARES
जेनजीहरू आन्दोलनमा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, भोली विदा

जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।

सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News