बाहिर निस्कन थाले सेनाको सुरक्षामा रहेका नेता,ओली ब्यारेकमै

बाहिर निस्कन थाले सेनाको सुरक्षामा रहेका नेता,ओली ब्यारेकमै

  • Kanchan News

  • मङ्लबार, भदौ ३१, २०८२

  • 22
    SHARES
बाहिर निस्कन थाले सेनाको सुरक्षामा रहेका नेता,ओली ब्यारेकमै

सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेता बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको सैनिक स्रोतले बतायो । केही नेताहरूको भने सुरक्षा र बस्ने प्रबन्ध मिल्नै बाँकी रहेकाले सेनाको सुरक्षामा रहेको बताइएको छ ।

सेनाको सुरक्षामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर निरीक्षण समेत गरेका छन् ।

विपक्षी दलहरूको बैठक सिंहदरबारमा डाकेका बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू सिंहदरबारमै थिए । उनीहरूलाई त्यहीँबाट सेनाले सुरक्षित ठाउँमा लगेको थियो ।

माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए ।

उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरको जलेको घर अवलोकन गरेका छन् । शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे ।

स्रोतका अनुसार माधव नेपाललाई सेनाले २५ भदौमै ब्यारेकबाट छोडेको थिए । माधवलाई प्रचण्डसँगै सिंहदरबारस्थित सेनाको ब्यारेकमा राखिएको थियो । विपक्षी दलहरुको बैठकका निम्ति त्यहाँ पुगेका प्रचण्ड र माधवलाई त्यही सेनाको ब्यारेकमा राखिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News