यही व्यवस्थामा सर्वपक्षीय नागरिक सरकार,त्यसपछि ताजा जनादेश-जेनजी

यही व्यवस्थामा सर्वपक्षीय नागरिक सरकार,त्यसपछि ताजा जनादेश-जेनजी

  • Kanchan News

  • मङ्लबार, भदौ २४, २०८२

  • 71
    SHARES
यही व्यवस्थामा सर्वपक्षीय नागरिक सरकार,त्यसपछि ताजा जनादेश-जेनजी

सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन ।

जेनजी आन्दोलनका एक अगुवा अभिजित अधिकारीले अब नागरिक अगुवासहितको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताएका छन् ।

अहिलेको संसदीय व्यवस्था हटाउने पक्षमा आफूहरू नरहेको भन्दै अबको सरकारमा राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्ने बताए । उनले सरकारको नेतृत्व सुशीला कार्की,कल्याण श्रेष्ठ जस्ता पूर्व प्रधान न्यायाधीश,डा।सन्तुक रुइत वा कसैले गर्न सक्ने नेपाल प्रेससँग बताए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News