फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय,यी हुन् दर्ता नभएका सामाजिक सञ्जाल

फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय,यी हुन् दर्ता नभएका सामाजिक सञ्जाल

  • Kanchan News

  • बिहिबार, भदौ १९, २०८२

  • 111
    SHARES
फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय,यी हुन् दर्ता नभएका सामाजिक सञ्जाल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।त्यसलाई बेवास्ता गरेपछि सरकारले सामाजिक सन्जाल निष्कृय बनाउने निर्णय गरेको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० ले सामाजिक सञ्जालका र सामाजिक सञ्जालका प्लेटफर्मलाई परिभाषित गरेको छ ।

निर्देशिका अनुसार सामाजिक सञ्जाल भन्नाले सामाजिक सञ्जाल प्लेटफर्मले कम्प्युटर, इन्टनरनेट लगायतका विद्युतीय सञ्चार माध्यमबाट उपलब्ध गराएको सुविधा र विधि अनुरुप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने समूह, ब्लग, एप लगायतका सञ्जाललाई भनेको छ ।यस्तै सामाजिक सञ्जाल प्लेटफर्म भन्नाले कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग विचार वा सूचनाको आदानप्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित फेसबुक, ट्वीटर (एक्स), वाट्सएप, भाइबर पिन्टरेस्ट,म्यासेन्जर, इन्स्टाग्राम, युट्युव, लिंन्कडइन, विच्याट लगायतका सार्वजनिक रुपमा उपलब्ध हुनेगरी सञ्चालनमा ल्याइएका प्रणालीलाई भनिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News