सुन तोलामा २ लाख ५ हजार ३०० रुपैयाँ पुग्यो

सुन तोलामा २ लाख ५ हजार ३०० रुपैयाँ पुग्यो

  • Kanchan News

  • मङ्लबार, भदौ १७, २०८२

  • 29
    SHARES
सुन तोलामा २ लाख ५ हजार ३०० रुपैयाँ पुग्यो

केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै छापावाल सुनको मूल्य तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ ।हिजो सोमबार चाँदी २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News