रविले अदालतमा बुझाए २ करोड ७४ लाखको बैंक जमानत, के अब छुट्लान् ?

रविले अदालतमा बुझाए २ करोड ७४ लाखको बैंक जमानत, के अब छुट्लान् ?

  • Kanchan News

  • बिहिबार, साउन २३, २०८२

  • 33
    SHARES
रविले अदालतमा बुझाए २ करोड ७४ लाखको बैंक जमानत, के अब छुट्लान् ?

सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले थुनामुक्तिको माग गर्दै रुपन्देही जिल्ला अदालतमा बिगो बराबरको बैंक जमानत बुझाएका छन् ।

उनले आफू निर्दोष रहेको दावीसहित आफ्नो भागको बिगोवापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरेका हुन् ।
अदालतका सूचना अधिकारी पदम अर्यालले  दिएको जानकारी अनुसार निवेदनसँगै जमानत पनि पेश भएको थियो ।

तीन दिनअघि अदालतमा निवेदन दिएका लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ को आधारमा आफूलाई रिहा गर्न माग गरेका छन् । दफा ६८ अनुसार अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सकिने कानुनी व्यवस्था छ भने दफा ७१ ले मुद्दाको जुनसुकै अवस्थामा पनि यस्तो व्यवस्था लागू गर्न सकिने बताउँछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News