
पोखरा– श्री एयरलाइन्सले यात्रुहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यही असार १८ गतेदेखि साउन १९ गतेसम्म ‘एक टिकट किन्दा अर्को टिकट निःशुल्क’ अफर सञ्चालनमा ल्याएको हो।
यस अफर अन्तर्गत यात्रुहरूले एक टिकट खरिद गर्दा सोही यात्राको लागि दोस्रो टिकट निःशुल्क पाउनेछन्। यो अफर पोखरा-काठमाडौँ आन्तरिक रूटमा लागू हुनेछ । विशेषगरी पर्यटकिय नगरि पोखरा लाई लक्षित गर्दै काठमाडौँ–पोखरा, पोखरा-काठमाडौँ गन्तव्य समावेश गरिएको हो ।श्री एयरलाइन्सका अनुसार, यो अफर कम्पनीको सेवा अझ लोकप्रिय बनाउने उद्देश्यका साथ ल्याइएको हो। अफर सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक यात्रुहरूले समयमै टिकट बुक गर्न अनुरोध गरिएको छ।
कम्पनीले टिकट बुकिङका लागि आफ्नो वेबसाइट, मोबाइल एप, ई-सेवा वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सुझाव दिएको छ।