
प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीको विचारलाई नै मियो मानेर देश अगाडि बढिरहेको बताएका छन्एमालेका अध्यक्षसमेत रहेका ओलीले मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै जबजको नेपालको राजनीतिमा असाधारण योगदान रहेको बताए ।
उनले भने, ‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो । उहाँलाई महासचिव बनाउनु ऐतिहासिक महत्वको घटना थियो । नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने नबढ्ने कुरा भर पर्छ । हामीले छैटौँ महाधिवेशनमा पारित गरेको कुरा मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे ।’
अध्यक्ष ओलीले दोस्रो महाधिवेशनले ठीकै नीति लिएको भए पनि नेतृत्व गलत छानेको स्मरण गरे । केशरजंग रायमाझीलाई नेता बनाएपछि महाधिवेशनको नीति त्यहीबाट हराएको उनको बुझाइ छ ।