
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताएका छन् ।
मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा आउन कसैले नछेक्ने बताए ।
उनले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले टुंगिने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ ।’
विद्या भण्डारीले राजनीतिमा रुचि राख्नु उनको धर्म भएको नेता पोखरेलको भनाइ छ । उपाध्यक्ष पोखरेलले अहिले पनि विधान महाधिवेशन हुन लागेको भन्दै पार्टीमा लोकतान्त्रीकरणको कुरा गर्दा एमालेमा उमेर र कार्यकालको चर्चा चल्नु स्वाभाविक भएको बताए ।