गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

  • Kanchan News

  • शनिबार, असार १४, २०८२

  • 23
    SHARES
गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सरकारले उक्त वर्षका लागि ३१ अर्व ९७ करोड ९९ लाख ९९ हजारको बजेट यही असार १ गते सार्वजनिक गरेको थियो । आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले प्रदेश सभामा उक्त बजेट पेश गरेका थिए ।बजेटकाे पक्षमा का‌ंग्रेस र एमालेका सा‌सदकाे समर्थन थियाे । प्रतिपक्षी माओवादी विपक्षमा उभियो भने राप्रपा तटस्थ बस्यो ।

बजेट चालु आर्थिक वर्षको भन्दा ९९ करोड ८५ लाख ७६ हजारले कमी रहेको छ । चालु आवका लागि प्रदेश सरकराले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षको वजेट अन्तर्गत पुँजीगत खर्च १९ अर्ब ९ करोड ३३ लाख २४ हजार (५९.७ प्रतिशत), चालु खर्च १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार (३९.५ प्रतिशत) र वित्तीय व्यवस्था २५ करोड (०.८ प्रतिशत्) रहेको छ । यो बजेटको स्रोतका लागि नेपाल सरकारबाट बित्तिय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार र रोयल्टी बाँडफाँट ४९ करोड ८९ लाख ७७ हजार रहेको छ । यसगरी सशर्त अनुदान ३ अर्ब ३५ करोड ६४ लाख, समपुरक अनुदान ६३ करोड ९७ लाख, विशेष अनुदान ४९ करोड ८६ लाख, प्रदेशको आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार, यस वर्षको नगद मौज्दात २ अर्ब २४ करोड ५० लाख ९४ हजार र आन्तरिक ऋण १ अर्ब ७५ करोड बजेटको स्रोत रहेको छ ।

यसअघि बजेटमाथिको छलफलका क्रममा सांसदहरुले राखेको जिज्ञासाको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए । प्रतिपक्षसंगै सत्तारुढ सांसदहरुले बजेट समन्यायिक, सन्तुलित नभएको र पहुँचवालाको हालीमुहाली भएको भन्दै विभिन्न कोणबाट बजेटको बिरोध जनाएका थिए । विशेष गरी बजेट कास्की र गोरखामा बढी विनियोजन भएको आवस्यकता आधारमा नभई पहुँचका आधारमा वितरण गरिएको भन्दै सांसदले गुनासो गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News