पर्वतको महाशिला,पैयूँ र मोदी गाउँपालिकामा सेभ.आई.एम.एस. परियोजना सञ्चालनमा

पर्वतको महाशिला,पैयूँ र मोदी गाउँपालिकामा सेभ.आई.एम.एस. परियोजना सञ्चालनमा

  • Kanchan News

  • बुधबार, जेष्ठ १५, २०८२

  • 190
    SHARES
पर्वतको महाशिला,पैयूँ र मोदी गाउँपालिकामा सेभ.आई.एम.एस. परियोजना सञ्चालनमा

पर्वतको महाशिला,पैयूँ र मोदी गाउँपालिकामा सामाजिक–आर्थिक जोखिम सूचना व्यवस्थापन प्रणाली (SEVIMS) परियोजना सञ्चालनमा आएको छ । पर्वत जिल्लाका ३ गाउँपालिकाहरु मोदी गाउँपालिका, पैयूँ गाउँ‘पालिका र महाशिला गाउँपालिकामा सामाजिक आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली (SEVIMS)  को प्रभावकारी कार्य गराउन यू.एन.डि.पी. को अर्थिक सहयोगमा गाउँपालिकालाई इनप्रेड नेपाल पर्वतको प्राविधिक सहयोगमा सन् २०२५ अप्रिल २२ देखि २०२६ जनवरी २१  सम्ममा काम सम्पन्न गर्ने गरी यो आयोजना शुरु गरिएको हो । यो परियोजना पर्वत जिल्लामै पहिलो हो ।

पालिकाका सबै घरपरिवारको विस्तृत विवरण रहेको सूचना प्रणाली प्रयोग गर्न तथ्याङ संकलन कार्य थालिसकिएको छ । तथ्याङ संकलन गर्न महाशिला गाउँपालिकाले १२ जना,मोदी गाउँपालिकाले १४ जना र पैयूँ गाउँपालिकाले १० जना गणक परिचालन गरेको छ । उनीहरुले अब प्रत्येकको ’घरदैलो गरेर सबै पालिकाबासीको घरपरिवारको विवरण संकलन गरेर सफ्टवेयरमा राख्ने छन् । यही प्रणालीका आधारमा पालिकाहरुले प्रत्येक घरमा क्युआर कोड सहितको विद्युतीय घर र नम्बर प्रणाली लागू गर्नेछन् । उक्त प्रणाली बाट प्रत्येक घरधुरीको अवस्था तथा  स्थान पहिचान गर्न सकिनेछ । प्रणालीमा घरको तस्विर, परिवारका सदस्य, उनिहरुको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य,घरको भौगोलिक अवस्था लगायत ९२ किसिमका सूचनाहरु राखिएको छ । यो प्रणाली बाट गाउँपालिकाहरुले आफ्नो योजना गराउनको लागि ठुलो ठेवा पुग्ने विश्वास गरिएको छ ।

परियोजना सञ्चालन भए सँगै महाशिला,मोदी र पैयूँ गाउँपाकिलाका गणकहरुलाई तालिम दिई कार्यक्षेत्रमा परिचालन गरिसकिएको छ । एक कार्यक्रमका बिच महाशिला गाउँपालिकाको तथ्याङ्क लिने कार्यको शुरुवात गा.पा.उपाध्यक्ष धनसुव्वा बि.क.को घर बाट शुरवात गरिएको थियो । त्यस्तै पैयूँ गा.पा.मा युवा व्यवसायी कमल प्रसाद काफ्लेको घर बाट र मोदी गाउँपालिकामा गा.पा. अध्यक्ष हिरादेवी शर्माको घर बाट तथ्याङ लिने कार्यको थालनी गरिएको सेभ.आई.एम.एस. परियोजनाका पालिका संयोजक माधव पराजुलीले जानकारी दिनुभयो ।

लक्षित समुदाय र आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न यो सूचना प्रणालीले ठुलो सहयोग पु¥याउने विश्वास लिईएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले बताउनुभयो ।

यो प्रणाली बाट गाउँपालिकाका नागरिकको वास्तविक अवस्था पत्ता लगाई उनीहरुलाई सरकारी तह बाट दिनुपर्ने सेवा सुविधामा समेत समान्ता स्थापित हुने हामीले विश्वास लिएका छौँ,पैयूँ गा.पा. अध्यक्ष तोरण मल्ल ठकुरीले भन्नुभयो,कोही एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य पनि यस्ले गर्नेछ ।

त्यस्तै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले सूचना प्रणालीको अधिकतम प्रयोग गरेर विकास आयोजना र कार्यक्रमहरुलाई लक्षित समुदायको पहुँचमा पु¥याउने कार्यमा उक्त प्रणालीले आफुहरुलाई मद्दत पुग्ने बताउनुभयो । योजना निर्माण र कार्यान्वयनका लागि आर्थिक सामाजिक जोखिम सूचना प्रणालीले सहयोग पुग्ने छ ।

सूचना प्रणालीको विवरण संकलन गर्ने क्रममा पहिचान भएका विपन्न नागरिक वा महिलाहरु, जोखिमा रहेका घरहरुलाई सहयोग जुटाउन समेत यस्ले सहयोग पुग्ने देखिन्छ ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News