पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना, २६ जना घाईते, ५ गम्भिर

पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना, २६ जना घाईते, ५ गम्भिर

  • Kanchan News

  • बुधबार, जेष्ठ १, २०८२

  • 55
    SHARES
पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना, २६ जना घाईते, ५  गम्भिर

पोखरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै भारतीय पर्यटक बोकेको ग.१ ख. ३८८६ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले बताए ।

बस पुम्दीकोटस्थित महादेवको मन्दिर पुगेर फर्किदै गरेको बस दुर्घटनामा परेको स्थानिय राजु क्षेत्रीले जानकारी दिए । उनका अनुसार शान्तिस्तुप नजिकैको घुम्तीमा बस मोड्ने क्रममा ब्रेक राम्रोसँग नलाग्दा दुर्घटना भएको हो ।

घाईतेहरुलाई उद्धार गरेर पोखरा नयाबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । उनीहरुको उपचार जारी रहेको डिएसपी बस्नेतले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News