सुनको मूल्य तोलाको दुई लाखनजिक

सुनको मूल्य तोलाको दुई लाखनजिक

  • Kanchan News

  • मङ्लबार, बैशाख ९, २०८२

  • 37
    SHARES
सुनको मूल्य तोलाको दुई लाखनजिक

अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।  त्यसको असर नेपाली बजारमा पनि परेको छ ।

मंगलबार (वैशाख ९) एक तोला छापावाल सुनको मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबार (वैशाख ८)को तुलनामा यस दिन सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News