मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

  • Kanchan News

  • शुक्रबार, बैशाख ५, २०८२

  • 36
    SHARES
मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ जना घाइते

मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News