कास्की प्रशासनले भन्यो नयाँ बर्षको स्वागतका नाममा गरिने आतिसबाजी नगर्नु

कास्की प्रशासनले भन्यो नयाँ बर्षको स्वागतका नाममा गरिने आतिसबाजी नगर्नु

  • Kanchan News

  • आइतवार, चैत्र ३०, २०८१

  • 10
    SHARES
कास्की प्रशासनले भन्यो नयाँ बर्षको स्वागतका नाममा गरिने आतिसबाजी नगर्नु

विभिन्न जिल्लाहरुमा अशान्ति मच्चिरहेको बेला कास्की प्रशासनले सुरक्षा साबधानी अपनाउदै सार्वजनिक सूचना जारी गरेको छ । कास्किका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिव लम्सालद्वारा हस्ताक्षरित सूचना अनुसार नयाँ बर्षको उपलक्षमा गरिने विभिन्न कार्यक्रमलाई मर्यादित र गुनासो रहित बनाउन आग्रह गरिएको छ ।
नयाँ बर्षको स्वागतका नाममा गरिने आतिसबाजी , पटका , झुरझुरे जस्ता ध्वनी प्रदुशण गराउने बस्तुहरु आयात, खरिदबक्री गर्न तथा नपड्काउन सूचनामा जनाइएको छ । यस अघि रेवानले आयोजना गरेको अङ्ग्रेजी नयाँ बर्षमा आतिसबाजी र पटकाको व्यापक प्रयोग गरिएको थियो ।

नेपाली नयाँ बर्षमा आयोजकले प्रशासनको आदेश मान्छ मान्दैन त्यो भने हेर्न बाकी छ ।यस्तै नयाँ बर्षमा गरिने कन्सर्ट लगाएतका कार्यक्रममा अरु नागरिकलाइ असर नपर्ने गरि कार्यक्रम गर्न , मध्यपान गरेर सवारी नचलाउन र शान्तिसुरक्षामा असर पर्ने कुनै कार्य नगर्न र उल्लेखित सुचनाको खिलाफमा कुनै कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने भन्दै सूचना मार्फत सचेत गराएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सूचना कार्यान्वयन भएमा बाटो छेकेर कन्सर्ट गर्ने , मापसे गरेर हो हल्ला र हुल्दङ्गा गर्ने , ग्याङफाइट गर्ने , आतिसबाजी गरेर ध्वनी तथा वायु प्रदुषण गर्ने कार्य रोकिनेछ र आम नागरिकले शान्तिपुर्ण रुपमा अमनचयन महशुस गर्ने अपेक्षा गरिएको छ । सूचना कार्यान्वयनको लागि कास्की प्रहरी सङ्ग समन्वय गरि आवश्यकता अनुसार अनुगमन , निगरानी र नियमन तथा कारबाहीको लागि निर्देशन भएको कास्किका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News