आदिवासी जनजाति आयोगले प्रदेश प्रमुख भट्टलाइ बुझायो वार्षिक प्रतिवेदन

आदिवासी जनजाति आयोगले प्रदेश प्रमुख भट्टलाइ बुझायो वार्षिक प्रतिवेदन

  • Kanchan News

  • आइतवार, चैत्र १६, २०८१

  • 42
    SHARES
आदिवासी जनजाति आयोगले प्रदेश प्रमुख भट्टलाइ बुझायो वार्षिक प्रतिवेदन
 आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट लाइ  पाँचौ वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको आयोगको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।
प्रतिवेदन बुझ्दै  प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव दिनुभयो । जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकाना व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने सवालमा नेपालको संविधानले आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको उहाँको भनाई छ । आदिवासी जनजाति आयोगका सदस्य रानाले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
आयोगको टोलीमा आयोग सदस्य सूर्य बहादुर गुरूङ लगायत सहभागी थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News