लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

  • Kanchan News

  • मङ्लबार, चैत्र ११, २०८१

  • 48
    SHARES
लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News