आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटालाई पराजित गर्दै थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश

आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटालाई पराजित गर्दै थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश

  • Kanchan News

  • शुक्रबार, माघ २५, २०८१

  • 32
    SHARES
आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटालाई पराजित गर्दै थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश

पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै आमन्त्रित टिम थन्डरबोल्टस् क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३-१ ले स्तब्ध पारेको हो ।खेलको अग्रता भने संकटाले लिएको थियो । तर अग्रतालाई कायम गर्न संकटा पहिलो खेलबाटै फर्किनुपरेको छ । खेलको १७औं मिनेटमा संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए । उनले विपक्षीको डि बक्स भित्रबाट गोल गरेका हुन् । उनले पासाङ लामाको पास सदुपयोग गर्दै उत्कृष्ट फिनिस गरे ।

तर संकटाको खुसी लामो समय टिकेन ।

खेलको ३४औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । थन्डरले पाएको पेनाल्टी मौका टिमका टालाले पेनाल्टीमा सहजै गोलमा परिणत गरे । संकटाका किपर दिपले कुनै अवसर पाएनन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News