प्रदेश सभामा फर्केलान दिपक मनाङे ?

प्रदेश सभामा फर्केलान दिपक मनाङे ?

  • Kanchan News

  • आइतवार, पुस २१, २०८१

  • 33
    SHARES
प्रदेश सभामा फर्केलान दिपक मनाङे ?

खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) बाँकी अवधिमा प्रदेशसभामा नफर्किने निश्चित भएको छ ।

प्रदेशसभाको पदावधि ६ महिना बाँकी छँदै उनी कैदमुक्त हुनेछन् । तर फौजदारी कसुरदार ठहर भएकाले कैदमुक्त भएपनि उनले सांसदको हैसियतले काम गर्न पाउने छैनन् ।

२१ कार्तिकमा मनाङेलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर गरेको सर्वोच्च अदालतले आईतबार त्यो मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

२७ कार्तिक २०८१ मा पक्राउ परेका उनी त्यो दिनदेखि गणना हुने गरी दुई वर्ष चार महिना कैद बस्नुपर्नेछ । २६ फागुन, २०८३ मा मात्रै उनी कैदबाट रिहा हुनेछन् । खुँडा प्रहारबाट घाइते बनेका चक्रे मिलनको अनुमती आवश्यक पर्ने भएकाले उनले कैद छुटको सहुलियत पाउने सम्भावना समेत न्यून छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News