महाशिला बाट करिब १३ हजार ८ सय के.जी. बाराबरको फर्सी बिक्री

महाशिला बाट करिब १३ हजार ८ सय के.जी. बाराबरको फर्सी बिक्री

  • Kanchan News

  • बिहिबार, पुस ११, २०८१

  • 35
    SHARES
महाशिला बाट करिब १३ हजार ८ सय के.जी. बाराबरको फर्सी बिक्री

महाशिला गाउँपालिका बाट १३ हजार ७ सय सत्तरी के.जी. बाराबरको फर्सी बिक्री भएको छ । महाशिला गाउँपालिकाको सहकार्य र हेफर ईन्टरनेस्नल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृंखलामा नवाचार मार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउँदै नामक परियोजना संचालन गरेको छ । उक्त परियोजनामा यहाँका २०० घरधुरीका कृषक आबद्ध छन् । यहाँका कृषकले उत्पादन गरेको १३ हजार ७ सय सत्तरी के.जी. बाराबरको फर्सी बिक्री भएको हो ।

जुलाई महिनामा ६ हजार ८ सय ८५ के.जी., सेप्टेम्बर महिनामा ४ हजार १ सय के.जी., नोभेम्बर महिनामा २ हजार ७ सय ८५ के.जी बारबरको फर्सी बिक्री भएको हो । १३ हजार ७ सय सत्तरी के.जी. बाराबरको फर्सी बिक्री गरेर किसानले २ लाख ६५ हजार ५ सय ५० रुपैयाँ आम्दानी गरेका छन् । बजारमा प्रति केजी ३० रुपैयाँ मुल्यमा फर्सी बिक्री भएको इन्प्रेड नेपालका प्रमुख राजु प्रसाद पौडेलले जानकारी दिनुभयो । यहाँका किसानले उत्पादन गरेका फर्सी घरेलु बजारका साथै जलजला,वालिङ, पोखरा काठमाडौँ लगाएतका शहरहरुमा विक्रि वितरण गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News