किसानको सारथी बन्दै ईन्प्रेड नेपाल, महाशिला बाट करिब ५० लाखको कृषि वस्तु विक्री

किसानको सारथी बन्दै ईन्प्रेड नेपाल, महाशिला बाट करिब ५० लाखको कृषि वस्तु विक्री

  • Kanchan News

  • मङ्लबार, पुस ९, २०८१

  • 271
    SHARES
किसानको सारथी बन्दै ईन्प्रेड नेपाल, महाशिला बाट करिब ५० लाखको कृषि वस्तु विक्री

पोखरा
पर्वतको महाशिला गाउँपालिकामा रहेको विकासका लागि वातावरणिय सेवा ईन्पे्रड नेपालले कृषि उपज वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । समग्रमा ग्रामीण क्षेत्रको आर्थीक तथा सामाजिक र वातवरणिय विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको ईन्प्रेड नेपालले पछिल्लो समय कृषि उपज वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै कृषकहरुलाई व्यवसायीक बनाउने काममा प्रभावकारी भुमिका खेल्न थालेको हो ।

उक्त संस्थाले आगामी बर्ष देखि झनै कृषि उत्पादन वृद्धि गर्नुका साथै कृषकहरुलाई कृषि बाटै आर्थीक समृद्धिको मार्गमा लैजाने निति लिएको छ । झन्डै ३१ वर्षअघि स्थापना भएकोसो संस्था ग्रामिण भेगका किसानलाई एकीकृत गरी कृषि उत्पादन बढाउन र बालीमा विविधता ल्याउने प्रयासमा केन्द्रीत भएको देखिन्छ । ग्रामिण भेगका किसानको जीवनस्तर उकास्न र कृषि उपज वस्तुको उत्पादन र बजारीकरणमा समेत हरेक प्रयास र सम्भावनाको खोजी गरिरहेको संस्थाका अध्यक्ष राजु प्रसाद पौडेलले जानकारी दिनुभयो । कृषिको विकास र विस्तार विना मुलुकमा समृद्धि प्राप्त गर्न नसकिने उहाँले बताउनुभयो । उहाँका अनुसार कृषि उपज वस्तुको वृद्धि तथा ग्रामिण भेगका कृषकको जिवन स्तर उकास्नको लागि संस्थाले समय समयमा किसानलाई आवश्यक पर्ने विउ विजन तथा उपकरणहरु उपलब्ध गराउदै आएको छ भने कृषि प्राविधिक समेत किसानको घरदैलोमा सल्लह सुझावको लागि पठाउने गरेको छ । यसका साथै संस्थाले किसानले उत्पादन गरेको कृषि उपज वस्तुको बजारीकरणको समेत ग्यारेण्टी गर्दै आएको छ । ईन्प्रेड नेपालको उक्त कार्यमा हेफर ईन्टरनेस्नल नेपालले आर्थीक सहयोग गर्दै आएको छ । कृषि विउ विजन,सामाग्री,कृषि प्राविधिक र बजारीकरण लगाएतको सेवा घरदैलोमै पाएपछि पर्वतको महाशिला गाउँपालिकाका कृषक भने निकै खुसी र उत्साहित भएका छन् । संस्थाले उक्त काम गर्न थालेपछि गाउँपालिकामा कृषि कार्य गर्नेहरुको संख्यामा समेत वृद्धि भएको छ ।
यहाँ हेफर ईन्टरनेस्नल नेपालको सहयोगमा इन्प्रेड नेपालले तरकारी मूल्य श्रृंखलामा नवाचार मार्फत ग्रामीण महिला उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउँदै नामक परियोजना संचालन गरेको छ । उक्त परियोजना बाट ८ सय ७५ घरपरिवार लाभान्वित हुने लक्ष्य राखिएको छ । हाल २०० घरधुरीका कृषक आबद्ध रहेको सो स्थानमा १ हजार १ सय ३९ रोपनी जग्गामा खेती गरिएको छ् । संस्थाले यहाँका किसानले उत्पादन गरेका तरकारी तथा खाद्यान्नवाली उचित मूल्यमा घरेलु बजारका साथै जलजला,वालिङ, पोखरा, काठमाडौँ लगाएतका शहरहरुमा विक्रि वितरण गर्न सहजीकरण गरेको छ । मंसिर महिना सम्ममा यहाँ बाट ४९ लाख ९७ हजार भन्दा बढी रकमको कृषि वस्तु विक्री वितरण भएको संस्थाले जनाएको छ । यहाँ फर्सी, आलु, अकबरे खुर्सानी, साग, ब्रोकाउली, काउली, बन्दा, स्कुस, लौका, काक्रो लगाएतका कृषि वस्तु उत्पादन हुने गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News