नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल विजयी

नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल विजयी

  • Kanchan News

  • शनिबार, मंसिर २९, २०८१

  • 75
    SHARES
नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल विजयी

नेपाल पत्रकार महासंघ कास्कीमा माधव बराल विजयी भएका छन् । बरालले १ सय ५ मत ल्याउँदा राजेन्द्र अधिकारीले ९६ मत पाए । उपाध्यक्षमा माधव रेग्मी ९० मतका साथ विजयी हुँदा श्रीराम सिग्देलले ७७ मत र कमल पौडेलले ३५ मत पाए ।

उपाध्यक्ष महिलामा कन्चन थापा १ सय ९ मतका साथ विजयी भइन भने बिनकुमारी थापाले ८७ मत पाइन । सचिवमा भुपाल गुरुङ १ सय २ मतका साथ विजयी हुँदा सन्देश श्रेष्ठले ९८ मत पाए ।

सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ सुमन १ सय २६ मतका साथ विजयी भए । दिलप्रसाद गुरुङले ७२ मत पाए ।
सहसचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर विजयी हुँदा श्रीभद्र पौडेलले ८० मत ल्याए

कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतका साथ विजयी भए । सुरेश अधिकारीले ८० मत पाए ।

सदस्य (महिला) मा कविता कविता घर्तीमगर १ सय १ मतका साथ विजयी हुँदा देविका तामाङ देविका तामाङले ९४ मत ल्याइन् । सदस्य दलितमा सुरेश सुनार १ सय ४३ मत पाएर विजयी भए सन्तोष परियारले ५१ मत ल्याए


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News