नेपाली काग्रेस कास्कीका पदाधिकारीहरु र भातृ शुभेच्छुक संघ संस्थाका पदाधिकारीहरुसंगको परिचयात्मक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्य समिति,कास्कीको आयोजनामा होटल लेकाली राष्ट्रबैकचोकमा संचालित नेपाली काग्रेस कास्कीका पदाधिकारीहरु र पाटिका भातृ,शुभेच्छुक संघ र संस्थाका पदाधिकारीहरुसंग कर्मचारी युनियन कास्कीका पदाधिकारीहरु विच परिचयात्मक अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथी नेपाली काग्रेस कास्कीका सभापती किशोरदत्त वरालले कर्मचारी युनियनले राखेको उक्त कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले सम्पूर्ण भतृ संगठनमा आवद्ध व्यक्तिहरुमा एकता कायम हुन जरुरत रहेको बताउदै समाज विकासमा सक्रियताका साथ काम गर्न आग्रह गर्नुभयो ।
युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठज्यूको अध्यक्षतामा भएका कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव एव नेपाली काग्रेसका महासमिति सदस्य वावुराम आचार्य गण्डकी प्रदेश सभा सदस्य प्रकाश वराल, नेपाल निजामती कर्मचारी युनियनका पुर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम नेपाली काग्रेस कास्कीका सदस्य सुरेन्द्र प्रसाद अधिकरी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष एव गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काग्रेस कास्कीका उपसभापती युवराज कुँवर,सचिव भानु ढकाल,सहसचिवद्धय नविन सिग्देल र शंकर ढुङ्गाना, युनियन कास्कीका पुर्व अध्यक्ष एव नेपाली काङग्रेस कास्कीका जिल्ला सदस्य रामजी प्रसाद कोईराला,नेपाल विधार्थी संघका पुर्व केन्द्रिय सदस्य विकाश थापा,नेपाल महिला संघ कास्कीका अध्यक्ष मिना पाण्डे, पोखरामहानगरपालिका कार्य समितिका अध्यक्ष अम्बिका ढुङ्गाना, सहसचिव सिता रेग्मी,कोषाध्यक्ष श्रृजना श्रेष्ठ, तरुणदल लगायतका भातृ संस्थाहरुका पदाधिकारीहरु÷ शुभेच्छुक संस्थाहरु नेपाल शिक्षक संघका अध्यक्ष राजु क्षेत्री, नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष, नेपाल स्वास्थ्यकर्मी संघ कास्कीका अध्यक्ष उदयकान्त तिवारी, नेपाल वित्तिय कर्मचारी संघ कास्कीका अध्यक्ष राम वहादुर रानाभाट, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका महासचिव प्रकाश ढकाल, प्रेस युनियन कास्कीका सभापति बाशु मिश्र, नेपाल नाई संघका अध्यक्ष विगुलाल ठाकुर, नेपाल होटल तथा पर्यटन सम्वद्ध संघ कास्कीका अध्यक्ष सुरज कुँवर, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष डिल्लिराम रेग्मी, नेपाल ईन्जिनियर एशोशिएन गण्डकीका सचिव विशाल थापा, भक्त वहादुर मल्ल, नेपाल चिकित्सक संघ कास्कीका अध्यक्ष डा राजन शर्मा,लगायतको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तव्य युनियन कास्कीका उपाध्यक्ष केदार सापकोटाले गर्नु भएको थियो ।
कार्यक्रम संचालन सचिव सुमन शर्माले गर्नु भएको थियो । साथै नेपाल निजामती कर्मचारी युनियनद्धारा संचालित उपहार चिठ्ठा कार्यक्रम अन्तरगत कास्कीमा मुख्मन्त्रीको कार्यालयका सहायक प्रशासकिय अधिकृत तोया आचार्यलाई मोबाईल सेट ०१ एक थान, प्रदेश संग्राहालयका लेखा अधिकृत शोभाखर ढकाल लाई राईसकुकर एक थान, कृषि विकास निर्देशनालय पोखरामा कार्यरत राजेश गुरुङ्ग लाई आईरन ०१ एक थान उपहार समेत वितरण गरिएको थियो भने नेपाल निजामती कर्मचारी युनियन म्यागदीका अध्यक्ष श्री कृष्ण प्रसाद रीजाल÷ कृषि विकास निर्देशनालयमा सरुवा हुनु भएकाहरुलाई टिका खादा लगाएर स्वागत गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति, कास्की अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।